रामकृष्ण टोल मिसाः पुचले यमोरी विशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा संस्थामा आवद्ध १ सय ५० जना सदस्य सहभागी थिए ।
कार्यक्रममा गोपालजी मन्दिरका अध्यक्ष बसन्त लिगल, पत्रकार उदयबहादुर अमात्य र बाल उधार विकास केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदी लगायतले बोलेका थिए ।
उनीहरूले यमोरी विशेष कार्यक्रमले नेवारी समुदायको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना लिगल र सञ्चालन सहसचिव पार्वती लिगलले गरेकी थिइन् ।







