अधिकृत बिक्रेता संघ (ड्याप) पोखराको अध्यक्षमा युवा व्यवसायी हरिराज पन्त निर्विरोध भएका छन् ।
पुस ५ गते पोखरामा हुने सातौं महाधिवेशन अन्तर्गत पुस २ गते मनोनयत दर्ता भएको थियो । अध्यक्षमा पन्तको मात्रै उम्मेदवारी परेको हो ।
अध्यक्षमा पन्त निर्विरोध निर्वाचित भए पनि औपचारिक घोषणा शनिबार महाधिवेशनमा हुनेछ । पन्त वर्तमान अध्यक्ष हुन् ।
सदस्यहरू पनि निर्विरोध निर्वाचत भएको बताइएको छ । सदस्यमध्येबाट अध्यक्ष बाहक अन्य पदाधिकारी चयन हुने व्यवस्था छ ।
अध्यक्ष पन्त नेपाल वितरक महासंघका महासचिव समेत हुन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पन्त अन्य विभिन्न संघसंस्थामा आबद्ध छन् ।






