सासु-बुहारीको सम्बन्ध कसरी सुमधुर बनाउने ? (बुहारीलाई ५ टिप्स)

नेपाली समाजमा विवाहलाई दुई जनाबीचमा मात्र नभई दुई परिवारको मिलन भन्ने गरिन्छ । यस्तोमा पत्नीसामू पतिको घरपरिवारको साथ सामन्जस्यपूर्ण व्यवाहार गर्नुले सम्बन्धमा एकदमै ठूलो प्रभाव पार्छ ।

उसो त पतिले पनि पत्नीको घरपरिवारका सदस्यहरुलाई सम्मान गर्नु आवश्यक छ तर कहिले काँही जाने भएकोले त्यस विषयमा खासै कुराहरु उठेका पाइँदैन ।

तर पतिको घरमा पत्नीले पूरै जीवन बिताउने भएकोले महिलाहरुले सम्बन्धको मामलामा अलिक धेरै ख्याल गर्नु एकदमै राम्रो हुन्छ । बिवाहपछि सासु–बुहारीको सम्बन्धको तालमेल मिलाउन एकदमै कठिक भएको देखिन्छ ।

यद्यपि समझदारी र प्रेमबाट सासु–बुहारीको सम्बन्धलाई राम्रो बनाउन सकिन्छ । बिवाहको मौसम शुरु भएसँगै धेरै युवतीहरु पतिको घर जाँदैछन्, उनीहरुको लागि यो सामाग्री खास हुनसक्छ । हामी यहाँ सासु–बुहारीको सम्बन्धमा मिठास ल्याउने ५ उपायहरु बताउनेछौँ ।

१. बानी व्यवहारमा ध्यान दिनुहोस्
के तपाईंको सासु हरेक कामको बारेमा तपाईंको कामजोरी देखाउनुहुन्छ ? यदि यस्तो बानी छ र नियमित बढिरहेको छ भने तपाईंले आफ्नो व्यवहार बदल्नुहोस् । हरेक कामको स्पस्टिकरण दिनुसाटो एकदमै चुपचाप बसिदिनुस् । यसबाट बेकारको विवादबाट बच्न सकिन्छ । तपाईंको उत्तर नआएपछि सासुको व्यवहार बदलिन सक्छ । यस्तो अवस्थामा संयमताको साथ काम लिनुपर्छ ।

२. तारिफ गर्न दिनुहोस्
यदि तपाईंकी सासु आफ्नो तारिफ गर्ने कुनैपनि मौका छोड्नुहुन्न र तपाईंको पति पनि आमाले बनाएको साधारण खानालाई पनि तारिफ गरेका छन् भने यस्तो समयमा तपाई रिसाउनु हुँदैन । जे भएपछि तिनी तपाईंको पतिको आमा हुन्, भनिन्छ नी आमाको हातबाट बनेको खानाको स्वाद अर्कै हुन्छ भनेर । यो कुरा त तपाईं पनि सम्झनुहुन्छ नी, हैन र ?

३. आवश्यक मात्र बोल्नुहोस्
यदि तपाईंलाई धेरै बोल्दा सासुसँग विवाद बढिरहेको आशंका लागेमा आवश्यकमात्र बोल्नुहोस् वा चुप भएर बस्नुहोस् ।

तपाईं शान्त बसिदिनाले सासु आफैँ चिन्तित हुन्छिन् । यस्तो हुँदा सासु-बुहारीबीच बहस हुन पाउँदैन । उसो त धेरै बोल्दा केही न केही गलत बोल्ने आशंका जहिल्यैपनि भइरहेका हुन्छन् । यस्ता व्यवहारले तनाव हुन जोगाउँछ ।

४. बच्चा र हजुरआमाको बीचमा नपर्नुहोस्
आफ्ना बच्चा र सासुबीच तपाई नपर्नुहोस् । किनकी हजुरआमा र नाति–नातिनाबीचको सम्बन्ध अर्कै किसिमको आत्मिय हुन्छ ।

सासुले तपाईंलाई भन्दा धेरै तपाईंको सन्तानको माया गरिरहेका हुन्छन् । यस्ता कुरामा तपाईं खुसी हुनुपर्छ । बच्चाहरुले आफ्ना हजुरबुवा–हजुरआमासँग धेरै कुराहरु सिकिरहेका हुन्छन् । उनीहरुले बच्चालाई सहि–गलतको बारेमा पनि एकदमै राम्रोसँग बुझाइरहेका हुन्छन् ।

५. कामको विषयमा बहस नगर्नुहोस्
भनिन्छ हरेक काम पति–पत्नीले बराबरी गर्नुपर्छ । नेपालको शहरी क्षेत्रमा यस्तो कुराहरुमा केही सुधार आएपछि ग्रामिण क्षेत्रमा भने अझै घरका सारा कामहरु बुहारीले नै गर्नुपर्ने हुन्छ । घरको सबै काम एकैपटक गर्नलाई तपाईं घरकी बुहारी हो मेसिन होइन ।

एकपटकमा जति काम गर्न सक्नुहुन्छ त्यति काम मात्र गर्नुहोस् । आवश्यकभन्दा धेरै कामको कारणले थकाई र चिडचिडापन हुनजान्छ । त्यसकारण स्पस्टपसँग आफ्नो कामको बारेमा सासुलाई बताईदिनुहोस् ताकी पछि कामकै कारणले सासु र तपाईंको झगडा नपरोस् ।