कुन देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबा (पुस ४) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः