नेपाल फोटो पत्रकार महासंघमा नयाँ समिति

नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । नेपालदुतकर्मी मञ्जुल शाक्य महासंघमा गण्डकी प्रदेशबाट सदस्य चुनिएका छन् ।

महासंघमा सागर श्रेष्ठ उपाध्यक्ष, हरिप्रसाद रेग्मी महासचिव, बालकृष्ण थापा सचिव, नरेश श्रेष्ठ सहसचिव, रत्नकृष्ण श्रेष्ठ कोषाध्यक्ष र नवीन पौडेल सहकोषाध्यक्ष निर्वाचित भए ।

प्रदेश १ बाट उपेन्द्र चामलिङ र नवीन उप्रेती, २ बाट जितलाल श्रेष्ठ, ३ बाट जीवन लामा, ५ बाट विशाल सुनार, कर्णालीबाट राजबहादुर शाही र प्रदेश ७ बाट रामसिंह धामी सदस्य निर्वाचित भए ।

विराटनगरमा भएको महाधिवेशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फोटो खिचेर सुरुआत गरेका थिए । कार्यक्रममा २ वरिष्ठ पत्रकारलाई सम्मान गरिएको छ।