सडक दुर्घटनामा १४ जनाको मृत्यु

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।बुधबार भएको सो दुर्घटनामा मृत्यु भएकामध्ये ५ जना बालबालिका रहेका छन् भने अन्य १२ जना घाइते भएको स्थानीय स्रोतले जनाएको छ ।

बस ट्रकसँग ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन्।गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेको सो बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए।

दुर्घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।