पोखरामा जारी दास्रो संस्करणको पोखरा प्रिमिएर लिगमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ। बिहिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा चितवनले बुटवललाई रनले १ सय १९ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ सुरु गरेको चितवनले निर्धारित २० ओभरको खेलमा २ सय ३ रन जोडेको थियो । २ सय ४ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर ८४ रनमा समेटियो । प्रतियोगितामा यो चितवनको दोस्रो जित हो भने बुटवलको पहिलो हार हो ।
यसअघि चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।




