उदयपुरमा जीप दुर्घटना, ३ को मृत्यु ५ घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ भने दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन्।

उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना हुदाँ उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको हो।

दुर्घनामा परि घाइते ५ जना मध्ये ३ जनाको अबस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा बिहिबार बिहान जीप दुर्घटनामा परेको हो ।

नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटना स्थल तर्फ खटाईएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिएका छन्।