नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०० पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः




