आजको राशिफल (२०७६ पौष ३ गते बिहीबार)

आजको पञ्चांग
आज मिति २०७६ पौष ३ गते बिहीबार, इस्वीसंवत डिसेम्वर १९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् ।

हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषकृष्णपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान, करणमा बालव रहनेछ भने आनन्दादि योगमा मातंग रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५० मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ११ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ सूर्यसुताय शनये नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आज भने समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ धर्मराजाय नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ कामदेवाय नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज भने समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु : धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । त्यस्वास्थ्य सबल रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ वाग्देव्यै नमः मन्त्र कम्तिमा ७ पटक जप गरी आरम्भ गर्दा शुभ हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज भने समय राम्रा छैनन । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्नुहोला ।

साइत : आज चन्द्रमा बिहान ७ बजेपछि कन्या राशिमा रहेकाले पूर्व बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज बिहीबार दक्षिण दिशाको यात्रा गर्नु शुभ मानिंदैन ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५० बजेदेखि ८ः२० बजेसम्म शुभ बेला
बिहान ८ः२० बजेदेखि ९ः५० बजेसम्म रोग बेला
बिहान ९ः५० बजेदेखि ११ः२० बजेसम्म उद्धेग बेला
दिउँसो ११ः२० बजेदेखि १२ः५० बजेसम्म चर बेला
दिउँसो १२ः५० बजेदेखि २ः२० बजेसम्म लाभ बेला
दिउँसो २ः२० बजेदेखि ३ः५० बजेसम्म अमृत बेला
दिउँसो ३ः५० बजेदेखि ५ः२० बजेसम्म काल बेला
दिउँसो ५ः२० बजेदेखि ६ः५० बजेसम्म शुभ बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)