पोखरा प्रिमियर लिगमा काठमाडौंको पहिलो जित

जित्नै पर्ने दबावमा रहेको काठमााडौं गोल्डेन्सले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीको इनिङ्समा नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै काठमाडौं एलिमिनेटोरको लागि आफनो सम्भावनालाई जिवितै बनाईराखेको छ । अघिल्ला दुई खेलहरुमा पराजित भएपछि काठमाडौंलाई धनगढी ब्लुजसँगै बाँकी खेल जित्नैपर्ने दबाव थियो ।

चिसो मौसममा ओभर घटाईएको खेलमा पोखराको मैदानमा नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान समेत रहेका मल्लको दुलर्भ शतक हेर्ने अवसर मिल्यो । १७ ओभरको खेलमा मल्लले घरेलु क्रिकेट अन्तर्गत पिपिएलको दोस्रो संस्करणमा शतक हान्ने क्रममा ३८ बलको उपयोग गरे । उनले १०० रन पुरा गरेसँगै कमलसिंह ऐरीको बलमा सन्दीप झोराको हातबाट क्याच भएका थिए । म्यान अफ दि म्याच घोषित भए ।

गौरभ तोमरलाई शून्य रनमै आउट भएपछि जयकृष्ण कोल्सावाल र अमित श्रेष्ठले दोस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरे । अमित श्रेष्ठ सागर ढकालको विक्रम ठगुन्नाको हातबाट क्याच हुदाँ ३४ रनमा खेलिरहेका थिए । उनले २१ ब्ल खेल्ने क्रममा ६ चौका र एक छक्का हिर्काए । जयकृष्ण कोल्सावालले ४६ रन बनाउने क्रममा ३७ बलको उपयोग गर्दै ४ चौका र दुई छक्का ठोके । चौथो नम्बरमा आएका कप्तानले विष्फोटक इनिङ खेल्दै २४ बलमा ५४ रन हान्दै अर्धशतक पुरा गरेका मल्लले थप १४ बलमा ४६ रन बनाउँदै शतक पुरा गरेका थिए । ८ चौका र ९ छक्का उनको इनिङमा सामेल थियो । १७ ओभरको समाप्तीमा काठमाडौंले ५ विकेटको क्षतिमा १८५ रन बनाउँदै चुनौति पेश गर्यो । बलिङ तर्फ भने कमलसिंह ऐरीले ३७ रन खर्चेर ४ विकेट लिए ।

kheladinews.com

एक्सपर्ट धनगढी ब्लुजलाई ७९ रनमै समेटदिएपछि काठमाडौंले फराकिलो रन अन्तरको जित निकाल्यो । श्रीमान्थ विजयारत्नेले सर्वाधिक १५ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरी भने ८ रनमै क्याचआउट भए । उनलाई बसन्त रेग्मीले कोल्सावालको हातबाट क्याच गराए । रोड्रिगो थोमसले दोहोरो अंकको रन बनाउने क्रममा १० रन स्कोर बोर्डमा चढ्यो । उनलाई पनि बसन्तले नै पवन सर्राफको हातबाट क्याच गराउँदै पभेलियनको बाटो देखाए । बाँकीका व्याट्सम्यानबाट दोहोरो अंकको रन निस्कन भने सकेन् । बसन्तले ३ विकेट लिदाँ सुबोध भाटी र पवन सर्राफको नाममा दुई दुई विकेट लेखियो ।