विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वे पक्राउ परेका छन ।
प्रेमको नाटक गरेर घरमा कोही नभएका बेला मङ्सिर १५ गते खत्वेले बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरवनाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कडरवनाले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताएका छन् ।
किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको आरोप लगाएकी छिन भने आरोपितले आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् ।






