राष्ट्रिय युवासंघ नेपालका सहसंयोजक रमेश पौडेलले पूर्व युवा संघका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिन अनुरोध गरेका छन् ।
युवासंघ नेपाल र वाईसीयल एकता हुँदा नसमेटिएका र जिम्मेवारी बिहिन बनेका १ सय २ नेताको नामावलीसहित पौडेलले र्मगलबार नेकपा महासचिव बिष्णु पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । साबिक युवा संघका केन्द्रीय सदस्य रहेका र एकतापछि नसमेटिएका कास्कीबाट ४ नेता छन् । लम्मण तिमिल्सिना, हरि लम्साल, फत्त गुरुङ र सुदीप सापकोटा साबिक युवा संघका केन्द्रीय सदस्य भएर पनि एकतापछि जिम्मेवारीविहीन छन् ।
‘युवा संघ नेपाल र वाईसीयल नेपाल एकता प्रक्रियामा संख्या घटाई उमेर लगायतको मापदण्डका आधारमा व्यवस्थापन गर्नुपरेकोले लामो ईतिहास र सक्रिय भएका युवासंघका केन्द्रीय कमिटीका कमरेडहरुले विदा लिई एकता प्रक्रियालाई सहजिकरण गर्नुभएको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘विदा लिनुभएका केही कमरेडहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नहुनु भएको र उहाँहरुले कम्युनिष्ट पार्टी र युवा आन्दोलनमा समेत लामो समय देखि महत्वपूर्ण योगदान दिनु भएको हुँदा पार्टीमा आवश्यक जिम्मेवारीका लागि अनुरोध गर्दछौं ।’






