कोठामा बन्धक बनाएर देहव्यापार गर्ने पक्रउ

एक युवती र एक युवकलाई बन्धक बनाएर देहव्यापार गराउदै आएकोे पक्रउ परेका छन् ।

भरतपुर महानगरपालिका वडा नं २९ मा रहेकोे होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई एउटा बन्द कोठामा राखेर देहव्यापार गराइएको भन्ने पारिवारीक सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् ।

काठमाडौंमा कोठा भाडा गरी बस्ने युवती र किशोरीलाई काठमाडौंबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ ।

प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।