जनप्रिय बहुमुखी क्याम्पसको बिबिए र बिआइएमका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्तीर्ण विद्यार्थीलाई बिदाई गरिएको छ ।
एसोसिएसन अफ बिबिए बिआइएम स्टुडेण्ट (एबिएस)ले कार्यक्रम आयोजना गरेको हो । एबिएस अध्यक्ष राहुलकुमार ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख विरञ्जी गौतमले नवआगन्तुक विद्यार्थीले सही र उत्कृष्ट शैक्षिक संस्था छनोट गरेकोमा खुसी व्यक्त गरे । उनले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामनासमेत दिए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखत्रय कृष्णबाबु बराल, भेषराज उपाध्याय र राजेन्द्र पौडेल र बिबिए बिआइएम कार्यक्रम संयोजक मेघराज पौडेल उज्ज्वल भविष्यका लागि उचित शिक्षा आवश्यक भएको बताए । उनीहरुले जनप्रिय क्याम्पस विद्यार्थीलाई समयानुकूल र वैज्ञानिक शिक्षा दिन प्रतिवद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा नवआगन्तुक पहिलो सेमेष्टरका विधार्थीलाई स्वागत गरिएको थियो भने उत्तीर्ण टोलीलाई क्याम्पस परिवारको तर्फबाट मायाको चिनोसहित बिदाइ गरियो । क्याम्पसको अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडलका साथ सम्मानित गरियो ।
कार्यक्रम सञ्चालन एबिएस सचिव अजित तिमल्सिनाले गरेका थिए।






