पिपिएलको ट्रफी अनावरण, खेल १ दिन पछि स¥यो

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरामा आयोजना गर्ने पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको ट्रफी अनावरण भएको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी अनावरण गरेका हुन् ।

कार्यक्रममा लिगमा सहभागी ६ वटै टिमका टिम क्याप्टेनहरु पनि सहभागी थिए । मुख्यमन्त्रीले व्यावसायिक खेलको विकासले खेलाडीले नाम र दाम दुवै पाउने बताए । प्रदेश सरकार र सबै तहका सहकारले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी शेर्पाले मंसिर २८ गते हुने तय भएको उद्घाटन खेल २९ गते आइतबारबाट हुने जानकारी दिए । वर्षाका कारण १ दिनको खेल पछि सरेको र अन्य खेल पहिला सार्वजनिक तालिका अनुसारै हुने उनले बताए ।

पिपिएल दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता छ । जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज छन् ।