आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तेस्रो पटक ३ दिनको म्याद थप गरेको छ ।
शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । अदालतको आदेश बमोजिम तीन दिन भित्र कृष्णदास उपरको मुद्दा अदालत बुझाइने छ ।
सुनसरी बाहिरकी एक अनुयायीले कात्तिक ४ गते आफूलाई बराहक्षेत्र स्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी दर्ता गराएपछि प्रहरीले सिद्धबाबालाई मंसिर १३ गते पक्राउ गरेको थियो ।






