सवारी व्यवस्थापन चुस्त बनाउन पोखराका मुख्य चोकमा आकाशे पुल निर्माण गरिने भएको छ । शुक्रबार पोखरा महानगरपालिका ८ सिर्जनाचोकमा निर्माण हुने आकाशे पुल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शिलान्याश गरे ।
२ करोड ३० लाख ११ हजार रुपैयामा बन्ने पुल ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले दिगो हुने गरु आकाश पुलहरु निर्माण गर्नुपर्ने बताए ।
प्रदेशको राजधानी पोखराको सवारी व्यवस्थापन गर्न सडकहरु ४ लेनका र विभिन्न स्थानमा आकाशे पुल बनाउनुपर्ने उल्लेख गरे । पोखरा महानगर र साबिक लेखनाथमा समेत बहुतले पार्किङ स्थल निर्माण गरी भविष्यमा पार्किङ र जामका समस्या नहुने गरी काम गर्न सुझाव दिए ।
पोखरा महानगरपालिकाका प्रमुख जिसीले महानगरपालिकाको २ करोड र तत्कालीन पर्यटनमन्त्री रबीन्द्र अधिकारीले संसदिय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाखमा पुल निर्माण हुने जनाए । आगामी साउन २७ भित्र पुल बनाइसक्न्पर्ने गरी के।एम÷जे।बी।एन।एस÷पोखरा÷जे÷भी पोखरा १७ सँग सम्झौता भएको छ ।




