फ्रिज दाइजो नदिँदा हत्या

धनुषामा नवविवाहिता महिलाको बिहीबार शंकास्पद मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगरकी १९ वर्षीया पत्नी ज्योति नायक शाह मृत फेला परेकी हुन् ।

माइती पक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको हत्या भएको आरोप लगाएको छ।

बिहीबार दिउाँसो सवा ४ बजे घाँटीमा सल बेरिएको अवस्थामा ज्योतीको शव घरबाट बरामद भएको प्रहरीले जनाएको छ । विवाद पश्चात घटना भएको जानकारी पाएको उल्लेख गर्दै प्रहरी पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने जनाएको छ ।

ज्योतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
जनकपुरधाम उपमहानगरपालिका २२ माइत भएकी ज्योतीको झण्डै एक वर्ष अघि २०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविनकिशोरसँग १७ लाख दाइजो दिएर समाजिक परम्परा अनुसार विवाह भएको थियो।

न्योतिका बुबा सुरेन्द्रले बिहेको महिनापछि ज्वाइँले फ्रिज लगायतको समान माग्दै विभिन्न बहानामा ज्योतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको बताए । पछि फ्रिज र अन्य सामान दिन्छु भन्दाभन्दै छोरीको हत्या भएको उनको आरोप छ ।

नविन किशोर स्थानीय एक सामुदायिक विद्यालयमा र नवीनका बुवा राजकिशोर रामेछापमा सामुदायिक विद्यालयकै शिक्षक छन्।