नेपाली राष्ट्रिय फुटबल टिम निलो र जापानको जेएफएल यू–२३ टिमबीच शुक्रबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । मैत्री खेलका लागि जापानी टोली काठमाडौं आइसकेको छ ।
नेपाली फुटबल खेलाडीलाई एक्पोजर दिनका लागि जापानलाई बोलाएर मैत्रीपूर्ण खेल आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले बताए ।
जापानसँगको खेलमा नेपालको सिनियर टोलीका केही र अन्य खेलाडी मिसाएर खेलाईनेछ । मैत्रीपूर्ण फुटबल दिउँसो ३ बजे सुरु हुनेछ ।

एन्फाले मैत्री खेलका लागि दर्शक सुल्क साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको एक हजार रुपैयाँ कायम गरेको छ ।
जापानी टोलीले आइतबार नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबसँग पनि आइतबार मैत्रीपूर्ण फुटबल खेल्नेछ ।




