पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा वी.एच.एम. र वी.आइ.एम. कार्यक्रमका विद्यार्थीलाई स्वागत् गरिएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित उनीहरूलाई स्वागत गरिएको हो । साथै उनीहरूलाई क्याम्पसको गतिविधि र विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू पनि उक्त अवसरमा सिकाइएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्याल, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले पूर्णरुपमा अनुशासनको पालना गर्दै भोलिका दिनमा विभिन्न संस्थाहरु हाक्ने गरी दक्ष जनशक्ति बन्नका लागि प्रेरणा दिए ।
त्रिभुवन विश्वविद्याल मातहत रहेका विद्यार्थी र विशेष गरी वी.एच.एम. र वी.आइ.एम. अध्ययन गर्ने विद्यार्थीबाट अन्य विद्यार्थीले सिक्ने गरी मेहनत गर्नुपर्ने उनले खाँचो औंल्याए ।
यसैगरी सहायक डीन दिनेशमणि घिमिरेले विद्यार्थी कुलतमा लागे भोलिका दिनमा पछुताउनु पर्ने भएकाले समयको सही पूर्ण सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले सेमेष्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले ध्यान दिनुपर्ने विषयको समेत जानकारी गराएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. भूपति ढकाल ‘कमल’को अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख श्रीधर्मराज बरालले कार्यक्रम माथि उद्देश्य प्रकाश पारेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रा.डा. टंकराज अधिकारी, गुणस्तर प्रत्यायन प्रमुख श्रीमोहन भण्डारी, विद्यार्थीत्रय रीतिष्ठा श्रेष्ठ, स्नेहा सुनार, निरुता अधिकारी लगायतले पनि बोलेका थिए ।
कार्यक्रममै क्याम्पसले वी.आइ.एम. अध्ययन गर्ने विद्यार्थीहरुका लागि १÷१ थान ल्यापटप कम्प्युटर समेत हस्तान्तरण गरेको छ ।




