जब निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदमा लागि उपनिर्वाचनको मिति यही मङ्सिर १४ गते हुने भनी घोषणा गर्यो तब पदाधिकारीको बैठकले खेमराज पौडेललाई टिकट दियो ।
कास्की काङ्ग्रेसद्वारा प्रतिनिधिसभाको उमेद्वारका १६ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाइयो । कास्की २ मा चाहिने एक जना उमेद्वारका लागि १६ जना पठाउन क्षेत्रले, जिल्लो पहल नगरेर हो वा गर्न नचाहेर हो त्यो आफ्नै ठाउँमा रह्यो जब नाम पठाइयो तब दिन रात फरक–फरक उमेदुवारका नाम लिंदै यसले टिकट पाउने भयो र उसले पाउने भयो भनी सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्न थालियो ।
यो कार्यले हाम्रा काङ्ग्रेसी नेताको उचाइ बढाइएको छ कि घटाइएको छ भन्ने कुरामा कसैले मतलब राखिएन । हल्लै हल्लामा हामी काङ्ग्रेसले दिन गुजारेपछि मनोनयन दर्ताको अघिल्लो दिन तथा कार्तिक २० गते बुधबारका दिनमा मात्र काङ्ग्रेस केन्द्रीय पदाधिकारीको बैठकद्वारा खेमराज पौडेललाई टिकट दिलाइयो ।
त्यसपछि सबै काङ्ग्रेसी जन खुशी भएको र केन्द्रले ठीक उमेद्वार खटाएछन् भन्ने जनआवाज सुन्नमा आयो । कार्तिक २१ गते बिहिबार मनोनयन दर्ता गर्न जाँदा पनि सबैमा खुशीको रौनक आउनुका साथै उमेद्वारका १५ जना दाबेदार पनि पूर्ण सहमति जनाउँदै बाजागाजा सहित नारा–जुलुसमा सामेल भई मनोनयन दर्ता गराएर चुनावी सभामा उपस्थित भएकाले सबैमा उत्साह र उमङ्ग छाएको देख्न पाइन्थ्यो ।
त्यसपछि कार्तिक २४ गते पोखरा ४ नालामुखमा रहेको नेपाली काङ्ग्रेसका लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी उमेदवार सहित चुनावी घरदैलो अभियान सुरु गरियो ।
उपनिर्वाचनका लागि पोखराका ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरी उद्घाटन गरियो । ११ वटै वडामा चुनाव प्रचार–प्रसार समितिमा संयोजक, सहसंयोजक, अनुगमन संयोजक, भातृसंस्था समन्वय संयोजक, टोल समिति समन्वय संयोजक, युवा परिचालन संयोजक, महिला परिचालन संयोजक, अर्थ संकलन संयोजक, जनजाति, कृषि, पूर्व कर्मचारी संयोजक तथा सदस्य सहितका विविध समिति गठन गरी सम्पूर्णलाई मनोनयन पत्र पठाइयो, बाँडियो ।
कास्की काङ्ग्रेसको संयोजकत्वमा वडा–वडामा चुनाव हाक्ने कमाण्डर तोकिनुका साथै क्षेत्रस्तरीय, जिल्लास्तरीय, केन्द्रस्तरीय सहितका नेतागण खटाइयो । केन्द्रबाट पनि पूर्व प्रधानमन्त्री, मन्त्री, सभासददेखि महासमिति सदस्यहरुको समेत उपस्थिति रह्यो । २÷४ दिन सबैमा उत्साह थपियो ।
अब त चुनाब जितिन्छ ! भन्ने हल्ला खल्ला गरियो । सबै काङ्ग्रेसले चुनाव जिताउन आआफ्नो ठाउँबाट सक्दो पहल गर्ने बाचा गरियो । तर हामी काङ्ग्रेस, वि.पि. ‘विचारका अनुयायी भन्छौँ’ ।
.jpg)
वी.पी.का विचार, सिद्धान्त, नीति र व्यवहारमा कहिल्यै हिड्दैनौ । वी.पी.का आत्माले सराप्ला कि भन्ने डर पनि मान्दैनौँ । हामी काङ्ग्रेसका नेता व्यक्तिवादी मनोवृत्ति अनुसार चल्ने भइसकेका छौँ । हामी कसैलाई मान्दैनौँ ।
समाजमा घुलमिल हुन चाहदैनौँ । २/४ जना मस्किने, जिस्किनेलाई मात्र काङ्ग्रेस मान्छौँ । अरुलाई गन्दैनौँ, जुनसुकै तहको नेतृत्व गरेका भए पनि गजक्क पर्न जानेका छौं, कसैलाई मान्नुपर्ने दैख्दैनौँ, हामी आआफ्नै नीति र सिद्धान्त बोकेर हिँडेका छौँ, हामी कसैलाई ठूलो देख्दैनौँ, कसैका विचारमा सहमत हुँदैनौँ, हामी मान्नुपर्ने व्यक्ति अथवा अग्रजलाई मान, सम्मान गर्न आवश्यक ठान्दैनौँ, सानालाई माया देखाएर आफू किन सानो बन्ने सोचका पर्यो, सबैलाई अभिवादन गर्न नपर्ने बन्यौँ, कसैले अभिवादन गरे भने गजक्क परेर फर्काउने भयौँ, हँसिलो, रसिलो बनेर सबैसँग मिल्ने, कुरा गर्ने बानी हटाइसक्यौँ ।
सक्षम व्यक्तिलाई अघि लगाउँदा आफैँ पछि परिन्छ भन्ने डर मान्न थाल्यौँ, विचार पुर्याएर काम गर्न सक्ने व्यक्तिलाई कुनै स्थान दिदैनौँ, कतै कसैले गरेका राम्रा कामलाई पनि स्याबासी दिदैनौँ, उल्टै दोष र खोट खोजी–खोजी निराश पाछौँ, एक अर्काको आलोचना गर्दै समय बिताउँछौँ, हामी अरु पाटीसँग गर्नुपर्ने राजनीति, कुटनीतिक कुरा आफ्नै पार्टीका साथी–साथीमा गरेर फुट ल्याउँछौँ, हामीले म देउवा पक्ष, ऊ पौडेल पक्ष अर्काे सिटौला पक्ष भन्दै एकले अर्कालाई गन्दैनौँ ।
हामी कोही सच्चा काङ्ग्रेस बन्न सकेका छैनौँ । व्यक्ति व्यक्तिका मात्र पक्षधर बन्ने गर्यो । कम्प्युनिष्टका जस्तो द्वैध चरित्र सिकेर समाज नै भाड्ने भयौँ । हामी कसैले केही भन्छ कि भनेर डराउँदैनौँ ।
“जस्ता–तस्ताले मलाई मान्छे भन्दैन, जस्ता–तस्तालाई मैले मान्छे भन्दिन” भन्ने जस्तो प्रवृत्तिका भयौँ ।संगठन बलियो बनाउने कुरा “कुन चराको नाम हो ?” हामी मतलब गर्दैनौँ ।

चुनाब आएपछि घरदैलो कार्यक्रम गर्ने त भन्छौँ तर हामी महान पाटीका महान व्यक्ति कहलिएका कसैलाई अभिवादन गर्न, झुक्न बिर्सेकाले शिष्ट तरिकाले भोट माग्न पनि अघि सर्दैनौँ ।
एकछिन बाटोमा हिड्छौँ, जहाँ ठुलो जत्था देख्छौँ, जहाँ केन्द्रीय स्तरका नेता छन्, पूर्व प्रधानमन्त्री, मन्त्री छन्, त्यही पुग्छौँ, फोटो खिच्छौँ, सामाजिक सञ्जालमा भर्छाैँ अनि भाग्छौँ । भोलिपल्ट प्रचार–प्रसारमा खटिएको दाबी गर्दै गफ छाट्छौँ ।
नेतालाई हेर्न जान्छौँ, भेट्न जान्छौँ, नेताको आज्ञाकारी बन्न अघिल्तिर पर्छौँ तर हामी न कुनै परिवारसँग बसेर भलाकुसारी गर्दै मन पगालेर भोट माग्छौँ न कुनै असक्षम व्यक्तिलाई छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाउँछौँ ।
न हामी कसैले पाएको जिम्मेवारी कसैले पुरा गछौँ ! हामी न कम्प्युनिष्टका झै गहिरिएर साम, दाम, दण्ड, भेद अपनाएर, दिन रात खटिएर भोट माग्न हिँड्छौँ । हामी त केवल सतहमा उत्रिएर गफगाफ गर्न मात्र रमाउँछौँ । २/४ जना अपवाद बाहेक हामी काङ्ग्रेस यस्ता प्रवृत्तिका भएपछि कसरी जितिन्छ चुनाव ?






