टिपर दुर्घटना हुदा २ को मृत्यु

हुम्लामा टिपर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा दुर्घटना भएको हो ।

उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताएका छन् ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए।