पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गर्दा ३ जना बिरामीको ज्यान गएको छ।।
लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएका बिरामीको मृत्यु भएको हो ।
डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ । वकिलहरूले डाक्टरहरू विरुद्ध कारबाहीको माग गरिरहेका थिए र बुधबार उग्र रुपमा उनीहरु अस्पतालमै पसी आक्रमण गरेका हुन्।
बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका थिए ।घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ।




