मुस्ताङको जोमसोममा डेढ दर्जन जती फलफुल बेच्ने समुह छ । उनीहरु दैनिक जोमसोमको कच्ची सडकको छेउमा बसेर फलफुल लगायतका कोशेली बेच्न बसेका हुन्छन् ।
स्थानीय तहले दैनिक २० रुपैया कर शुल्क तोकेको छ । कर बुझ्न ठेक्का लिएका ब्यक्ति दैनिक हाजिर हुन्छन् । कर नबुझाए सडकमा व्यापार गर्न पाईदैन ।
जोमसोममा उन्माद हावा चल्न गर्छ भने हिउदयाम जाडो उस्तै ,तैपनी सडकमा कोशली बेच्न बस्नु पर्ने बाध्यता उनीहरुलाई छ । कहिले हावाले सबै धुलोमैला उडाएर सामान सबै नष्ट पारिदिन्छ भने धुलो सबै उडेर शरिरले थेग्नै गाहे पछ । गाडी गुड्दा धुलो र पानी सहितको हिलोले सबै छरपष्ट पारिदिन्छ । यो सबै नजिकैको कर लिने पालिकाले देखेर पनि नदेखे झै गरिबसेको छ । महङ्गो कर छ ,सेवा भने शुन्य छ ।
मुस्ताङमा कोशेली बेच्ने साना व्यापारीलाई भने चिसोले पटक्कै छोएको छैन । उनीहरु बिहानै चिसो सिरेटोको परवाह नगरी स्याउ बेच्न सडक छेउको फुटपाथमा लामबद्ध रहन्छन् । कहिले आगो ताप्छन् भने कहिले बाक्लो कपडा पहिरिएर पर्यटक पर्खाईमा रहन्छ ।
हिउँदयाममा कम पर्यटक आउने भएकाले उस्तो व्यापार पनि हुदैन तर घर व्यवहार चलाउन चिसो सहेर फुटपाथमा व्यापार गर्न बसेको कुसुम नेपालीले बताईन् । सिजनको समय ५ –६ हजारको व्यापार गर्ने गरेकी उनले अफ सिजनले व्यापार घटेको सुनाईन् । सडक छेउ फलफुल बेच्ने व्यवसायीलाई स्थानीय तहले दैनिक २० रुपैयाका दरले कर उठाउने गरेको छ । उनीहरुले मासिक ६ सय र वर्षमा ७ हजार २ सय रुपैया कर स्थानीय सरकारलाई बुझाउने गरेको फुटपाथ समुहकी अध्यक्ष होमकुमारी छन्त्यालले जानकारी दिईन् । स्थानीय तहलाई दैनिक कर तिर्ने गरेका उनीहरुलाई सो अनुसार सुविधा दिन नसकेको अध्यक्ष छन्त्यालको भनाई थियो ।‘ हामी फुटपाथे बिक्रेतालाई स्थानीय सरकारले सेवासुविधा दिनुप¥र्यो । दैनिक २० रुपैया मात्र होईन ५० रुपैया कर बुझाउन तयार छौं ’छन्त्यालले भनीन् ,‘ हामीलाई पालिकाले व्यवस्थित गरिदेओस । हामी त्यही बसेर व्यापार गछौं ।’
अर्की फुटपाथ पसल गरेकी कल्पना नेपालीले चिसो ,हावाहुरी र धुलो पचाएर सडकमा पसल गर्नुपर्ने रहर नभई कहर भएको सुनाईन् । उनले पालिकाले साना व्यापारीलाई एक ठाउमा कटेज बनाईदिए उपयुक्त हुने भनाई राखिन् । उनले स्थानीय सरकारले साना व्यापारीलाई उपेक्षा गरेको दुखेसो सुनाईन् ।
स्थानीय सरकारले फलफुल बिक्री केन्द्रको पूर्वाधार निर्माण गर्ने जनाएपनि त्यो अझै बन्न सकेको छैन । सडक छेउ फलफुल बेच्न बस्ने स्थानीय भन्दा बाहिर जिल्लाका बेशी छन् । उनीहरुले मुस्ताङमा उत्पादित स्याउ ,स्याउको सकुटी ,आरु ,खुर्पानी ,ब्रान्डी लगायतका सामाग्री राखेका हुन्छन् । यस्तै ,फटपाथे बिक्रेता जिना श्रेष्ठले अरु व्यवयासी भन्दा फुटपाथे व्यवसायीले तुलनात्मक रुपमा चर्को कर तिर्ने गरेको तर सो अनुसारको सुविधा नपाएको गुनासो गरिन् । उनले स्तरिय होटलको भन्दा फुटपाथको कर महङ्गो भएको बताईन् । जोमसोममा लाखौ रुपैया लगानी गरेको होटल तथा पसलेलाई वार्षिक १५ सय कर भएको र फुटपाथेले चौगुणा बढी कर तिर्ने गरेको उनको भनाई थियो ।
फोटो क्याप्सन ः






