गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारहरुलाई बोक्सी दाइजो जस्ता कुप्रथा रोक्ने र मानव बेचबिखन विरोधी ऐन बनार्इ कार्यान्वयनमा जान आग्रह गरेका छन् ।
समानताको पुस्ता ः बलात्कार विरुद्धको एकता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गण्डकी प्रदेशको मंगलबार भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
तीनै तहका सरकारका प्रतिनिधि र सामाजिक अभियान्ताको सहभागितामा भएको कार्यक्रममा मुख्यमन्त्रीले यो अभियानमा प्रदेश सहयोग र साथ रहेको उल्लेख गरे । उनले कम्युनिष्ट पार्टीका सदस्यले यस्ता रुढिवादी परम्परा तोड्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र सामाजिक मामिला मन्त्री नरदेवी पुनमगरले दिवसको सान्दर्भिकता र नेपालको अवस्थाबारे बोलेका थिए ।




