सागमा पदक जित्नेलाई शहर परिक्रमा गराइने

सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ ।

सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने भोलि बिहीबार तय हुनेछ ।

सागमा नेपालले ५१ स्वर्ण जितेको छ । यस्तै ६० रजत र ९५ कांस्य जितेको छ ।