कञ्चनपुरको महाकाली नगरपालिका २ मा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
बुधबार बिहान घाँसदाउराका लागि मायापुरी सामुदायिक वनमा गएका स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। त्यस्तै सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट घइते भएका छन् ।
घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






