प्राज्ञिक विद्यार्थी परिषद्को रक्तदान

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रजत जयन्तीको स्वागतार्थ रक्तदान गरेको छ । परिषदले आफ्नो २५ औँ स्थापना दिवसको सन्दर्भमा रजत वर्ष स्वागतार्थ नेपालका २५ स्थानमा रक्तदान गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा चिप्लेढुङ्गा बिपि चोकमा रक्तदान भएको छ । कार्यक्रममा डा। कालू शर्माको संयोजकत्व र शिक्षासेवी निर्मला बरालको प्रमुख आतिथ्यता थियो । ११ छात्रा सहित ६१ जनाले रक्तदान गरेका थिए ।

परिषदले रजत जयन्ती वर्षभरी ‘एक संकल्प राष्ट्रका लागि’ भन्ने मुल ध्येय वाक्य सहित विभिन्न रचनात्मक एवं सामाजिक गतिविधि सम्पन्न गर्ने योजना बनाएको छ ।

परिषदले रजत जयन्ती वर्षको अवसरमा बर्षभरी विभिन्न प्रकारका कार्यक्रम गर्दै छ । रााष्ट्रिय छात्रा वर्ग पौष १७, १८र १९ भैरहवामा ,मिसन साहसी पौष महिनामा देशभर, मिडिया कार्यशाला माघको ३ र ४ गते काठमाडौँमा ,आठौं राष्ट्रिय अधिवेशन चैत २०,२१ र २२ विराटनगर , देशभर महापुरुष परिचय राष्ट्रिय महाअभियान, प्रदेश केन्द्रहरुमा र्याली, क्याम्पस इकाई निर्माण अभियान, विद्यार्थी सम्पर्क अभियान जस्ता कार्यक्रम परिषद्ले तय गरेको छ ।