१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरेर नेपाललाइ अग्रता दिलाएका हुन् खेलको ३७ औं मिनेटमा चेन्चो ग्याल्चेनले नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन् ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरु ५३ औं मिनेटमा नेपालका तर्फबाट सुनिल बलले गोल फर्काएर अग्रता लिएको हो ।




