१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फुटबलको उपाधिका लागि भएको फाइनल खेलमा नेपाल र भुतानले बराबर १-१ गोल गरेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरेर नेपाललाइ अग्रता दिलाएका हुन् भने खेलको ३७ औं मिनेटमा चेन्चो ग्याल्चेनले नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन्।
बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । भुटानले श्रीलंकालाई पराजित गर्दै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो।




