बक्सिङमा साहीले स्वर्ण जितेसँगै स्वर्ण संख्या ५० पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बक्सिङमा नेपालका सनिल साहीले स्वर्णपदक जितेका छन्।

मंगलबार सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका भिरेन्द्रर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

साहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ।