गाडीको ठक्करबाट १४ बर्षिय मोटरसाइकल चालकको मृत्यु

रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालइरहेका १४ बर्षिय बालकको मृत्यु भएको छ भने मोटरसाइक पछाडि सवार १३ बषिय बालक घाइते भएका छन् ।

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेनाको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिएका छन् ।

चालक अनुमतिपत्र नभए पनि मोटरसाइकल लिएर सडकमा निस्किएका बालक सिकारु भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।

सेनाको गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।