१३ औं सागको पुरुष फुटबल अन्तर्गत नेपाल र भुटानबीच मंगलबार स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ।
खेल दशरथ रंगशालामा आज अपरान्ह ३ बजे सुरु हुनेछ। फुटबल खेल सम्पन्न भएसँगै रंगशालामै सागको समापन कार्यक्रम अयोजना गरिनेछ।
नेपाल राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको टोली हो। नेपालले ४ खेलबाट १० अंक बनाउँदा भुटान लिगमा ९ अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ ।




