चेतनामा तीर्थ र जगत सम्मानित

चेतना बचत तथा ऋण सहकारीले पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी र पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारीलाई सम्मान गरेको छ । सहकरीको १९ औं वार्षिक साधारणसभामा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले उनीहरुलाई सम्मान गरेका हुन् । तीर्थ र जगत दुवै चेतनाका सेयर सदस्य हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य पहारील्े सहकारीले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरे । उनले फेवाताल संरक्षणका लागि थोरै भए पनि लगानी गरी सामाजिक दायित्व निर्वाह गर्न सहकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष पर्शुराम शर्मा पहारी, सचिव तेजनारायण पराजुलीले पनि बोलेका थिए । ४ करोड ६३ लाख सेयर पुँजी रहेको चेतनाले २३ करोड ५६ लाख निक्षेप संकलन गरी २७ करोड ६ लाख ऋण लगानी गरेको छ । सहकारीले ९६ लाख नाफा आर्जन गरेको छ ।

सभामा एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोराछोरीबाट प्रशानचन्द्र पहारी र सुप्रिया कोइराला, संस्थाको विकासमा योगदान गर्ने उत्कृष्ट कारोबारी सरस्वती पराजुली,डिलमाया भुजेल, सुनिता लामा, रेखा लामिछाने, मोतीप्रसाद ढुंगाना, शुशीला भण्डारी, बड्स एकेडमी, सन्तोष पहारी, शशांक पहारी र कृष्णराज शर्मा पहारीलाई सम्मान गरियो । सहकारीका संस्थापक अध्यक्ष गिरीराज अधिकारी पनि सभामा सम्मानित भए ।