सागका पदक विजेतालाई प्रदेशको पुरस्कार

प्रदेश ३ सरकारले १३ औं सागमा पदक जित्ने प्रदेशभित्रका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार जनही नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
पदक विजेता प्रदेश ३ का खेलाडीहले पुरस्कार पाउने सरकारका प्रवक्ता कैलाश ढुङगेलले जानकारी दिए ।