३४ वर्षिय सान्ना भइन् विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डमा ३४ वर्षिय सान्ना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् ।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यस अघि यातायात मन्त्री थिइन् ।

सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन्।

फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी छिन्।