महिला फुटबल प्रशिक्षक खड्काद्वारा राजीनामा

नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

१३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भएको फाइनल खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन् ।

उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका छन्।

मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने खड्काको भनाइ छ ।