माल्दिभ्सलाई हराउदै नेपालले क्रिकेटमा जित्यो कास्य

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ ।

तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मालिल्दभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।