१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत महिला ह्याण्डबलमा नेपालले रजत पदकमा खुम्चिएको छ ।
१२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको नेपालले घरेलु भूमीमा उत्कृष्ठ प्रदर्शन गर्दै रजत पदक जितेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ गोलले हराउँदै भारतले स्वर्ण जितेको हो ।
भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो ।
स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निशा राई र उमा राईले समान ३÷३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १÷१ गोल थपे ।




