मानव सेवा आश्रमलाई ओटेफको साथ

महिला पर्यटन व्यवसायी मन्च (ओटेफ) पोखराले छोरेपाटन स्थित मानव आश्रमलाईसहयोग गरेको छ । पर्यटन व्यवसायी महिलाको दक्षता तथा क्षमता अभिवृद्धिका साथै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील ओटेफले आइतबार आश्रमलाई नगद १५ हजार सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष जमुना पराजुलीको नेतृत्वमा पुगेको कार्यसमितिसहितको टोलीले आश्रमका व्यवस्थापक राजन सापकोटालाई नगद प्रदान गरेको हो । पोखराको लेकसाइडमा विभिन्न व्यवसायमा आवद्ध महिलाको संस्था ओटेफले सदस्यबाट स्वतस्फुत संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेको अध्यक्ष पराजुलीले बताइन् ।

मञ्चले सदस्यलाई व्यवसायिक क्षमता अभिवृद्धिसँगै ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमसमेत गर्दै आएको मञ्चका सचिव उमा भण्डारीले जानकारी दिइन् ।