राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले अधिकारकर्मी बिना सिलवाललाई सम्मान गर्ने भएको छ । संस्थाले राष्ट्रिय सम्पदा मानवअधिकार सम्मानबाट यसपालि ताम्रपत्र र नगदसहित सिलवाललाई सम्मान गर्ने भएको हो । वरिष्ठ अधिवक्ता तिलक पराजुली संयोजकत्वको सम्मानित व्यक्तित्व छनोट समितिको सिफारिस संस्थाले अनुमोदन गरेको हो । मंगलबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा हुने समारोहमा सिलवाललाई सम्मान गरिने संस्थाका महासचिव सुनिल पाण्डेले जानकारी दिए ।






