संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स) ले अन्तरविद्यालय हाजिरीजवाफ एवं नेपाली शब्दखेल प्रतियोगिता आयोजना गर्यो । युनिप्समा आवद्ध विद्यालय प्रतियोगितामा सहभागी थिए ।
जसमा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पोखरा–५ स्थित एकता आवासीय माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
सोही प्रतियोगितामा वेलनन एकेडेमी, स्माइल स्मल हेवन एकेडेमी र माउण्ट हेवन स्कूलले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्यो ।
जसमा आधारभूत तह अर्थात कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी भएको शब्दखेल प्रतियोगितामा वेलनन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ ।
यसैगरी स्मल हेवन एकेडेमी द्वितीय, एकता आवासीय विद्यालय तृतीय र माउण्ट हेवन स्कूलले सान्त्वना स्थान हासिल गरेको थियो ।
यसैगरी आधारभूत तहकै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच भएको हाजिरीजवाफ प्रतियोगितामा वेलनन एकेडेमी नै प्रथम भएको छ ।

एकता आवासीय विद्यालय द्वितीय, गेफ मण्टेसरी तृतीय र ज्ञानकुञ्ज विद्याश्रममले सान्त्वना स्थान हासिल गरेको छ ।
कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापाले नेपालको शैक्षिक विकासमा युनिप्सको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले सामसापेक्ष शिक्षा प्रदान गर्न र दक्ष जनशक्ति तयार गरी देश विकासमा लाग्न सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।
साथै शैक्षिक क्षेत्रमा निजी विद्यालयको भूमिकालाई राज्यले नजरअन्दान गर्न नहुने उनले स्पष्ट पारे ।
युनिप्सका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युनिप्सका महासचिव सन्तोष तिवारी, कार्यक्रम संयोजक विनोद कुमार नेपालीले पनि कार्यक्रममा बोलेका थिए ।
पोखरा–३१, मोहरियास्थित ज्ञानकुञ्ज विद्याश्रमको व्यवस्थापनमा भएको कार्यक्रममा स्वागत युनिप्सका प्रथम उपाध्यक्ष विश्वराज खनालले गरेका थिए भने सञ्चालन कार्यक्रम सहसंयोजक शिवहरि सुवेदीले गरेका थिए ।




