मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा श्रीमती मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलखा माइती गई घर धुलिखेलतर्फ फर्कने क्रममा प्रदेश नं ३–०२–००५प ९७८५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो।

दुघर्टनामा परी घाइते भएका मृतकका श्रीमान ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।