ताजा समाचार

मंसिर २० गते २०७६

चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या

भोजपुरमा आफ्नै दाईको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर अरुण गाउपालिका-६ धाउखानिका १८ बर्षीय डिक बहादुर राई रहेका छन ।

मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको बुधवार मृत्यु भएको थियो ।