ताजा समाचार

मंसिर १९ गते २०७६

माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा महिला फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा खेलको १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । त्यसपछि इन्जुरी टाइममा सावित्राले पेनाल्टीबाट गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।

अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ ।