पाल्पामा जीप दुर्घटनाहुदा २ को मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट खस्दा २ जनाको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।

प्रहरी टोली उद्धारमा खटिएकोले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।