मंसिर १९ गते २०७६

ताजा समाचार

मंसिर १९ गते २०७६

भुटानमाथि नेपालको शानदार जित



१३ औँ दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो ।

कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे ।

नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेको थियो । पूर्वकप्तान पारस खड्काले अद्र्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे ।यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

खेलमा भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए, त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाएका थिए ।