बालिका बलात्कार आरोपमा नेकपा नेता पक्राउ

प्रहरीले बलात्कारको आरोपमा रामेछापका नेकपा नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार छन् ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईले जानकारी दिए । घटना मंसिर २ गतेको हो ।

त्यसपछि पनि पटक पटक उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे बालिकाले आमालाई बताएपछि परिवारले प्रहरीमा जाहेरी दिएको थियो । सोमबार साँझ सुनुवारलाई पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान जारी छ ।