सांसद आशा कोइरालाले छानिन् योजना

सांसद आशा कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका योजना र बजेट सार्वजनिक गरेकी छन् । तनहुँ २ (क) मा शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिकाका २ वटा वडा र म्याग्दे गाउँपालिका पर्छन् ।

उनले २५ वटा योजना छनोट गरेकी छन् । बजेटले सडक, भवन, शिक्षा र शवदहन गृह निर्माणलाई प्राथमिकता दिएको छ । शुक्लागण्डकीका १०, व्यासका ४ र म्याग्देका ११ वटा योजना छनोट गरेको सांसद कोइरालाले जानकारी दिइन् । सबैभन्दा बढी बजेट भृगु त्रिवेणीधाम शवदहन गृह शुक्लागण्डकी ७ दोभानलाई ३५ लाख रुपैयाँ र शुक्ला नागढुंगा शवदहन गृह शुक्लागण्डकी ५ लाई २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

गलेखामकोट मन्दिर निर्माण व्यास ६ गलेखाम, माहेन्द्री आधारभूत विद्यालय व्यास ६ मादीवेसी र पाटन खेल मैदान व्यास ५ पाटनलाई समान १० रुपैयाँ लाख विनियोजन गरिएको छ । म्याग्देको जामुने बजारदेखि राधा माबि जाने मार्ग कालोपत्रे, नयाँगाउँ सामुदायिक भवन निर्माण शुक्लागण्डकी ५ र शुक्लागण्डकी ८ को सेती नदी पुलदेखि लालिम जोड्ने सडकखण्डमा पक्की नाला निर्माणमा पनि समान १० लाख बजेट छ ।

कालाभैरव मन्दिर म्याग्दे ५ मुलावारीमा रेलिङ हाल्न, सालघारी गाउँस्वारा मोटरमार्ग म्याग्दे ६ मा नयाँ ट्रयाक खोल्न, आठ सहिद स्मृति सहिद पार्क म्याग्दे ५ छाङ र एकदेव आले स्मृति अतिथि स्वागत गृह म्याग्दे १ मानुङलाई ८÷८ लाख रुपैयाँका दरले छुट्याइएको छ । वरचौर सामुदायिक भवन निर्माण म्याग्दे १ गुणादी र सहिद गीता मार्ग शुक्लागण्डकी ७ मा पक्की नाली निर्माणका लागि समान ७ लाख विनियोजन गरिएको छ ।

एकदेव स्मृति पर्यटन मार्गको मानुङ–ब¥च्याङ खण्ड म्याग्दे १, सेरावेशी–सानीभन्ज्याङ मोटर मार्ग निर्माण शुक्लागण्डकी १ र बाङराङ खेलमैदान निर्माण शुक्लागण्डकी १० का लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मान्द्रे–लहरे मोटरमार्ग शुक्लागण्डकी १० को स्तर वृद्धि, घुम्ती सामुदाायिक भवन म्याग्दे र विश्वकर्मा मन्दिर परिसर म्याग्दे ६ गुफाडाँडामा सामुदायिक भवन निर्माणका लागि ३÷३ लाख रुपैयाँ बजेट विनियोजन छ । सगरमाथा आमा समूहको भवन निर्माण व्यास ६ बाह्रविसे, दलित सामुदायिक भवन म्याग्दे १ दिर्घु, बेलौतेडाँडा सामुदायिक भवन म्याग्दे ६, सानीभन्ज्याङ–रातीमाटी फूलबारी मार्ग शुक्लागण्डकी ११ र फिर्दी सितलटोल मार्ग शुक्लागण्डकी ८ पाटनका लागि २ लाख रुपैयाँका दरले विनियोजन भएको छ ।